बरियारपुर,विद्युत सर्ट हुँदा बारामा २ जना पुरुष गम्भीर घाइते भएका छन । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा रहेको विद्युत मिटरको तार विद्युत प्राधिकरण सिमरा शाखाबाट खटी आएका कर्मचारीहरुले चेक गर्ने क्रममा सर्ट हुँदा आगोको झिल्को लागेर पर्सा जिल्ला साविक गढÞियानी गाविस २ बस्ने वर्ष २४ को मंगेश्वर साह र बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४७ का अग्निप्रसाद घिमिरे घाइते भएका छन ।

विद्युत लागेर दुबै जनाको अनुहार र हात जलेको र सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here