अनिल तिवारी
सिमरा, १३ साउन– समिश्रण कृषि सहकारी संस्था लिमिटेड, बकुलियाले करिब ३० लाखको लागतमा व्यवसायिक बाख्रा पालन शुरु गर्ने भएको छ । आफ्ना शेयर सदस्यको आयआर्जनमा सुधार ल्याउने उद्धेश्यसहित सहकारीले व्यवसाय संचालनमा ल्याउन लागिएको हो ।

कृषि क्षेत्रको विकासमा काम गर्दै आएको समिश्रण कृषि सहकारीले करिब ५ सय बाख्रा पाल्ने तैयारीसहित ३० लाखको लागतमा बाख्रा फर्म संचालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिनुभएको छ ।

उहाँले राष्ट्रिय सहकारी बैँक र सहकारीमा रहेका सदस्यको बचतबाट लगानी गरी व्यवसायिक बाख्रा पालन फर्म संचालन गर्न लागिएको जानकारी दिनुभयो । तनहुँ जिल्लाको बन्दिपुरमा गरिको बाख्रा पालनबाट प्रभावित भइ सहकारीमार्फ व्यवसाय शुरु गर्ने सोच बनाएको सस्थाका सचिव रमेशप्रसाद चौधरीले बताउनुभयो ।

उहाँले प्रदेश नम्बर २ कै नमुना बाख्रा पालन फर्मको रुपमा स्थापित गर्ने लक्ष्यसहित फर्मको निर्माण कार्य भैरहेको जानकारी दिनुभयो । बाख्रा पालन व्यवससायबाट करिब १० जना शेयर सदस्यले स्वरोजगार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले फर्ममा बोयर जातको बाखा्र पालन गर्ने तयारी गरेको पनि बताउनुभयो । सहकारीले बास व्यवस्थापनका लागि २ तल्ले फर्म निर्माण शुरु गरेको र उन्नत नस्ल उत्पादनका लागि सिन्धुलीको मुलकोट

बाट बोयर जातको बोका समेत खरिद गरिसकेको छ । त्यसैगरी आहार व्यवस्थापनकोलागि उन्नत प्रजातिको सुपर नेपीयर, सुडान, वरसिम र स्टाईलो जस्ता घासँको खेतिसमेत थालिएको सचिव चौधरीले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको यो कृषि सहकारी संस्थाले बिगत ८ वर्षदेखि कृषिको व्यवसायिक विकासकोलागि विभिन्न कार्य गर्दै आएको छ ।

Leave a Reply