नरेश गुप्ता

बरियारपुर – सशस्त्र प्रहरी  सुरक्षा बल निजगढ र तामागढी  बन कार्यालयको संयुक्त  गस्ती टोलिले  जितपुर सिमरा १६ टाङ्गिया बस्ती बाट अबैध  गांजा सहित ७ लाख मूल्य बराबरको  सालको गोलिया बरामद  गरेको छ । सशस्त्र  प्रहरी  बल निजगढको सशस्त्र  प्रहरी  निरीक्षक  राम कुमार महतको कमान्डमा रहेको ईलाका बन कार्यालय तामागढीको संयुक्त  टोलिले टाङ्गिया बस्ति स्थित मकै बारिमा लगाईएको अबैध  गांजा खेती नष्ट गरिएको छ ।

 

 

 

दुई कठा क्षेत्रफलमा लगाईएको अबैध  गांजा फडानी  गर्ने क्रममा  तयारी गांजा ८ किलो बरामद गरिएको   बाराको सशस्त्र  प्रहरी  उपरीक्षक  दिगबिजय सुबेदिले बताउनु भयो । बरामद गरिएको  गांजा इलाका  प्रहरी  कार्यालय निजगढमा बुझाईएको छ । त्यसैगरी  सशस्त्र  प्रहरी र बन गस्तीको टोलिले जितपुर सिमरा १६ टाङ्गिया बस्तिमा लुकाई छिपाई राखेको अवस्थामा ७ लाख बराबरको सालको गोलिया समेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक  दिग बिजय  सुबेदिले  बताउनु  भयो   ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here