बरियारपुर,लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय निजगढबाट खटेको टोलीले पुर्वपश्चिम राजमार्ग अन्तरगतबाट निजगढ नगरपालिका वडा नम्बर ८ निवासी वर्ष ३३ का मनोज न्यौपानेलाई पक्राउ गरिएको हो । सम्मानित बारा जिल्ला अदालतको फैसला आदेशले १२ दिन कैद भुक्तानीको लागि उनी फरार रहेका थिए । पक्राउ परेको न्यौपानेलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि वीरगन्ज कारागार चलान गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।