वीरगन्ज,वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रेस सल्लाहकारमा महेश दास नियुक्त हुनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका दासलाई महानगरले मेयर सिंहको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । दास नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्यसमेत रहनुभएको छ ।त्यसैगरी महानगरपालिकाका प्रमुख सिंहको जनसम्पर्क सल्लाहकारमा पत्रकार नवराज फुयाँल नियुक्त हुनुभएको छ । प्रमुख सिंहले आज फुयाललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै ईमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । वीरगञ्ज महानगरपालिकाकाले प्रदान गर्ने सेवा प्रवाह एवम् कामकारवाहीलाइ जनमैत्री बनाउनका लागि फुयाँलको सल्लाहसँगै उनको साथ र सहयोग पनि महत्वपूर्ण हुने मेयर सिंहको विश्वास छ ।दिशा निर्देश अनलाईनका अध्यक्षसमेत रहेका फुयाँल साढे १ दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । मुलधारका सञ्चार गृहमासमेत काम गरेको अनुभव बटुलीसकेका फुयाँल सामाजिक एवम् राजनीतिक विषयवस्तुमा कलम चलाउँछन् ।















