निजगढ,निजगढ नगरपालिकाले नगरबासीहरुलाई ईन्डक्सन चुलो वितरण गरेको छ । नगरपालिकाले निजगढ नगरबासीहरुलाई सहुलियत मुल्यमा ईन्डक्सन चुलो वितरण गरेको हो ।
नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र निजगढ नगरपालिकाको लागत सहकार्यमा खरिद गरिएको ईन्डक्सन चुलो बुधबारबाट वितरण गर्न थालिएको हो । नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत र निजगढ नगरपालिकाको ४० प्रतिशत लागतमा नगरपालिकाले ईन्डक्सन चुलो वितरण गरेको हो । जसमा नगरपालिकाले नगरबासीहरुसंग अतिरिक्त १ हजार रुपैंया रकम संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र निजगढ नगरपालिकाबीच ईन्डक्सनचुलो वितरण गर्ने सम्झौता भएको थियो । परम्परागत दाउरा चुलो र आयातीत उर्जाको श्रोत ग्यासको विकल्पको रुपमा नगरवासीहरुलाई ईन्डक्सन चुलो वितरण गर्ने अवधारणा ल्याएको मेयर सुरेशकुमार खनालले बताउनुभयो । विधुतीय चुलोको प्रयोगमार्फत नागरिकको स्वास्थ्यमा सुधार हुने र जीवनस्तरमा समेत सुधार आउने आफुले विश्वास लिएको मेयर खनालले बताउनुभयो । विद्युतीय चुलो वितरण कार्यक्रमलाई आगामी आर्थिक वर्षमासमेत निरन्तरता दिने लक्ष रहेको मेयर खनालले बताउनुभयो ।
जडान सहित प्रतिचुलो करिब ७ हजार रुपैंया लागत पर्न गएको निजगढ नगरपालिकाका सूचना अधिकृत रविन घिमिरेले बताउनुभयो । पहिलो चरणमा नगरपालिकाले १ हजार थान विद्युतीय चुलो वितरण गरेको हो । नगरपालिकाको प्रमुख शहरी क्षेत्र रहेको वडा नम्बर ७, ८ र ९ मा प्रतिवडा ३ सय र अन्य वडामा प्रतिवडा १० वटाको दरले १ हजार थान चुलो वितरण गरेको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।