रौतहट,नक्कली नोटसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर– १० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित दुई जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रौतहटको गढीमाई नगरपालिका– ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् । ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी टोलीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















