जनकपुर, ११ साउन– दाहसंस्कार गर्न चितामा राखिसकेको एक वृद्धको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

बटेश्वर गाउँपालिकाको बडरी खोलामा दाहसंस्कार गर्न लागेको वडा नम्बर २ का ८० वर्षीय रामविलास ठाकुरको शव प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

स्थानीयले हत्या भएको सूचना दिएपछि शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताउनुभयो । कुटपिट गरी ठाकुरको हत्या गरेको र दुर्घटनामा परेर मेरेको भन्दै हतार हतार शव जलाउन लागेको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

तर, मृतकका परिवारले शुक्रबार राति लडेर गम्भीर घाइते भएपछि उपचारका लागि स्थानीय क्लिनिकमा लगेको र उपचारकै क्रममा मृत्यु भएको दावी गरेका छन ।

नियन्त्रणमा लिएको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पु¥याइएको प्रहरी निरीक्षक नायकले बताउनुभयो । घटनाबारे अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ।

Leave a Reply