निजगढ,निजगढ नगरपालिका वडा नम्बर १३ मा संचालन भइरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता अन्र्तगत शनिवार भएको खेलमा एसवाईसी रामथलीले एनएफसी निजगढ– ९ लाई ५-१ ले पराजित गरेको छ ।एसवाईसीको लागि बादल तामाङ र प्रज्वल परियारले समान २-२ गोल गरेका थिए । त्यस्तै खेलको ५० औं मिनेटमा अर्को गोल थपेर जोन पाख्रिनले एसवाईसीको जितलाई फराकिलो पारे ।एनएफसीको तर्फबाट विवेक थिङ्गले सान्त्वना १ गोल फर्काएका थिए ।त्यस्तैगरि शनिवार नै भएको दोश्रो खेलमा घरेलु टोली फ्याफुल्लाले वाईसीटीसंग टाइब्रेकरमा ४-३ कठिन जित निकालेको छ ।घरेलु मैदानमा फ्याफुल्लाका सुनिल लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोश्रो हाफपछि वाईसीटीका अनुभव तिमल्सिनाले १ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।एसवाईसीका विक्रम वाईबा र फ्याअफुल्लाका गोलरक्षक निरोज थिङ्ग म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगिता अन्र्तगत आइतबार पहिलो खेलमा सपुज गण आधाभार र केवाईसी निजगढ १३ बीच हुनेछ भने दोश्रो खेल जनजागृती निजगढ ५ र रतनपुर युनाइटेड बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

















