oplus_0

दुष्यन्त चौधरी

कलैया । बाराको करैयामाई गाउँपालिका स्थित उमजनमा आयोजित अन्तरविद्यालय प्रविधि प्रदर्शनीमा श्री गढीमाई महेन्द्र प्राविधिक नमुना विद्यालयले तीनवटा अवार्ड जितेको छ ।

शुक्रबार श्री जनता माध्यमिक विद्यालयको परिसरमा सम्पन्न प्रदर्शनीमा गढीमाई महेन्द्रले ‘मोस्ट पपुलर अवार्ड (सिनियर)’, ‘इन्स्पायर ग्रान्ड अवार्ड’ र ‘सृजन टेक अवार्ड’ जित्दै उत्कृष्ट विद्यालयका रूपमा आफूलाई स्थापित गरेको बारे जन जागरण युवा कल्बका कोषाध्यक्ष सियाराम यादवले जानकारी दिनुभयो  ।

प्रदर्शनीमा बाराका सातवटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफैँ निर्माण गरेका रकेट, ड्रोन क्यामेरा, हवाईजहाजलगायत विभिन्न प्रविधिजन्य उपकरण तथा सिर्जनात्मक नमुना प्रदर्शन गरेका थिए। उनीहरूले आफ्ना नवीन सोच र प्राविधिक सीपलाई प्रयोगात्मक रूपमा प्रस्तुत गरेका थिए।

जन जागरण युवा क्लब बाराको आयोजनामा कोइका र सेभ द चिल्ड्रेनको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो ।  प्रदर्शनीले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिर निस्केर नयाँ प्रविधि सिक्ने, प्रयोग गर्ने र आफ्नै सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बारे जन जागरण युवा कल्बका कोषाध्यक्ष  यादवले बताउनुभयो ।

कार्यक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव र जन जागरण युवा क्लबका अध्यक्ष भैयाराम यादव , देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विद्यालय तहबाटै विद्यार्थीमा वैज्ञानिक चेतना, अनुसन्धानप्रतिको रुचि र प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले नवप्रवर्तन तथा सिर्जनशील शिक्षालाई प्रोत्साहन गर्ने विश्वास लिएको बारे जन जागरण युवा कल्बका कोषाध्यक्ष  यादवले जानकारी दिनुभयो ।

Leave a Reply