रौतहट– बाराको आदर्श कोतवाल गाउँपालिका– ६, हरनहिया चोकमा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्चालनमा आएको छ ।
आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर साहले पूर्वस्वास्थ्य मन्त्री बंशीधर मिश्र र रामकृपाल यादवको विशिष्ट आतिथ्यतामा सोमबार आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्नुभएको हो ।
अस्पताल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई आफ्नै क्षेत्रबाट स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर थपिएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता अस्पताल सञ्चालक डा. सञ्जय यादवले गर्नुभएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मीरा देवी तथा वडा नम्बर १ देखि ८ सम्मका वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको अस्पतालले विभिन्न प्रकारका रोगको जाँच, उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
अस्पताल सञ्चालनमा आएपछि आदर्श कोतवाल गाउँपालिका र आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालका सञ्चालक डा. सञ्जय यादवले स्वास्थ्य सेवाको नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित संस्था सञ्चालनमा ल्याउनुभएको हो ।
नयाँ अस्पतालले स्थानीय नागरिकलाई गुणस्तरीय, सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य उपचारको पहुँच विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
















