डुमरवाना, १० साउन– महिला हिंसा उत्पिडन न्युनीकरण अन्त्यकोलागि सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले महिला पुर्नस्थापना केन्द्रमार्फत अल्पकालिन सुरक्षितवास सेवा संञ्चालन गर्न जितपुरसिमरा उपमहानगरापालिकाका वडा अध्यक्ष तथा बिभिन्न सरोकारवालाहरुसंग शनिबार सिमरामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा लैङ्गिक तथा अन्य हिंसाबाट पिडित महिलाहरुकोलागि वहस÷पैरवी र पिडितलाई समाजमा स्थापित गर्न पुर्नस्थापना केन्द्र संञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष अनिता लम्सालले बताउनुभयो ।

प्रदेस नम्बर २ का ५ वटा जिल्लामा पुर्नस्थापना केन्द्र नभएकोले सिमरामा महिला सहकारीले पिडित महिलाहरुकोलागि केन्द्र संञ्चालन गरी महिला तथा बालबालिकालाई उद्धार गर्न लागेको लंम्सालको भनाइ छ ।

कार्यक्रममा सहभागीहरुले सहकारीले संञ्चालन गर्न लागेको पुर्नस्थापना केन्द्रलाई सबै क्षेत्रबाट सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष अनिता लम्सालको सभाभाध्यक्षतमा भएको सो कार्यक्रममा जितपुरसिमरा उपमहानगरपाकिालका वडा अध्यक्षहरु ईश्वर केसी, हिराबहादुर गुरुङ्ग, जगन्नाथ घिमिरे, उपमहानगरपालिका कार्यपालिका सदस्य शोेभा कार्की, सहकारी संस्थाकी मुना खरेल, भिमा देवी शर्मा, गिता शर्मा र संञ्चारकर्मी सीता अधिकारी, सारदा पोखरेल, बिदुर खडकालगायतले भाग लिनुभएको थियो ।

Leave a Reply