कलैया,बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ ।
गत कात्तिक १८ गते सरुवा भई बारामा आएका मिश्रको डेढ महिना मै शुक्रवार सरुवा भएको हो ।
शुक्रवार बसेको संघ सरकारको मन्त्रिपरिषद् बैठकले मिश्रको मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा सरुवा गरेको हो ।उहाँको सट्टा अहिले सरकारले अर्को सिडिओ कसलाई पठाउने भन्ने निर्णय गरेको छैन ।

जीतपुरसिराका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंको सरुवा
सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रीपरिषद्को पुष ३ गते बसेको बैठकले ६० सहसचिवको जिम्मेवारी हेरफेर गर्दा प्रसाईंलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।प्रसाईं २०८१ फाल्गुन २६ गते जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर हुनुभएको थियो । प्रसाईंको १० महिना नपुग्दै सरुवा भएको हो । स्रोतका अनुसार प्रसाईं आफैं सरुवा भएर अनेत्र जान खोज्नुभएको थियो ।

लामो समय उपसचिव तहका कर्मचारीले चलाएको जीतपुरसिमरामा सहसचिव प्रसाईंले दुई सय ८५ दिन बिताउनुभएको छ । उहाँले यसबीचमा ११औं र १२औं नगरसभा सम्पन्न गर्न सहजीकरण गर्नुभयो । उहाँले विवादरहित ढंगले कार्यसम्पादन गर्दै आउनुभएको जीतपुरसिमराका जनप्रतिनिधि र सर्वसाधारण सेवाग्राहीहरुको भनाई छ ।
प्रसाईंको सरुवा गरेपनि उहाँको स्थानमा कसलाई पठाउने हो भन्ने निर्णय भने मन्त्रालयले गरेको छैन ।

Leave a Reply