काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् ।धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो ।घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मकवानपुर हटिया– ३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा– ५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी अन्दाजी १८-१९ र २४-२५ वर्षीया दुई महिला, २२÷२३ वर्षीय पुरुष, ३०-३५ वर्षीया गर्भवती र ३५-४० वर्षीय पुरुष रहेका छन् ।


















