सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयले आइतवार वडामा रहेका सुत्केरी महिला र सर्पदशंका बिरामीलाई जनही १०÷१० हजारको दरले आर्थिक साहयता प्रदान गरेको छ ।सुत्केरी संरक्षण कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडाका ६० जना सुत्केरी महिलालाई १०÷१० हजार दरले नगद उपलब्ध गराएको हो । सुत्केरी महिलालाई पोषणयुक्त आहार र स्याहार खर्चका लागि उक्त रकम वितरण गरिएको वडाध्यक्ष चयन गुरुङले बताउनुभयो ।यसैगरी वडा कार्यालयले सर्पदंशको उपचारपछि घर फर्किएका पाँच जना विरामीलाई पनि जनही १०-१० हजारको दरले सहयोग प्रदान गरेको छ ।नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह र वडाध्यक्ष गुरुङले संयुक्त रुपमा सो सहयोग रकम प्रदान गरेका हुन् । वडा कार्यालयले सुत्केरी महिला र सर्पदंशका बिरामीका लागि लक्षित गर्दै सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।वडाबासीलाई गरिएको प्रतिवद्धता अनुरुप सहयोग प्रदान गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । वडा कार्यालयले वडाभित्र रहेका सुत्केरी महिला र कमजोर आर्थिक अवस्थाका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here