निजगढ,बारा प्रहरीले सोमवार भिन्दाभिन्दै स्थानबाट गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गर्नुको साथै अर्का एकजना फरार प्रतिवादीलाई पनि नियन्त्रणमा लिएको छ ।पथलैया प्रहरीले ४ केजी ५ सय ग्राम गाँजासहित भारतको बिहार राज्य बेतिया जिल्ला ग्राम भवरा वडा नम्बर ८ बस्ने अन्दाजी वर्ष ४५ को बिजय श्रीवास्तवलाई पथलैयाबाट गाँजासहित दिउसो २ बजे नियन्त्रणमा लिइएको हो ।
प्रहरी चौकीपथलैयाबाट प्रहरी बरिष्ठ प्रहरी नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ आउदै गरेको ना ६ ख ५३०९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भारतीय नागरिक श्रीवास्तवलाई गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय अमलेखगंजबाट बरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाटदोषि ठहर भएपछि फरार रहदैआएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज बस्ने वर्ष २५ का बुद्ध तमाङलाई पनि सोमवार नै नियन्त्रणमा लिएको हो ।लागु औषध कारोबारको मुद्दामा अदालतबाट १ महिना कैद र २५ हजार जरिवाना फैसला भएका तामाङ्ग लुकिछिपी बस्दैआएका थिए ।त्यसैगरी प्रहरी कारबाहीको सिलसिलामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित पूर्वपश्चिम लोकमार्गमा पथलैया चौकीबाट खटिएको गस्ति टोलीले २५५ लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ ।
गाडीमा लोड गर्न सडक किनारामा १७वटा पोकामा राखिएको सो मदिरा सोमवार दिउसो २.३० बजे नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।



















