सिमरा, ८ साउन– जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मसानघाट व्यवस्थापन र संरक्षण गर्न जीतपुरका अग्रज एवम समाजसेवी परशुराम गिरीले एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

बिहिबार हिन्दु धर्मअनुसारको शव दाहसंकार गर्ने स्थल संरक्षण समिति जीतपुरलाई उहाँले सो रकमको चेक हस्तान्तरण गर्नुभएको समितिका अध्यक्ष राजा गिरीले जानकारी दिनुभयो ।

पछिलो समय जीतपुरमा जोडिएर रहेको हिन्दुहरुको मसानघाट र मुस्लिमहरुको कब्रस्थानको जग्गा छुट्याएर कब्रस्थान व्यस्थापन गर्न स्थानीय तहको बजेट परेपछि मसानघाटको ब्यवस्थापन गर्न यहाँका हिन्दु समुदाय समिति बनाएर अगाडि बढेका हुन् ।

पहिलो चरणमा मसानघाटको जग्गामा तारबार लगाउने तैयारी भएको सो कार्यसंगैसंगै अन्य व्यवस्थापन कार्यलाई अगाडि बढाउन आर्थिक सहयोग गर्नुपरेको समाजसेवी गिरीले जानकारी दिनुभयो ।

 

समितिकोतर्फबाट कोषाध्यक्ष बिनोद जैसवालले सहयोग रकमको चेक ग्रहण गर्दै दाहसंस्कार स्थल व्यवस्थापनको कामलाई सक्दो चाडो सुरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । चेक हस्तान्तरण कार्यक्रममा समितिका सदस्य रामाधार प्रसाद साह, अम्रेन्दर प्रसाद साह, हरिचन्द्र हजरा लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply