बरियारपुर, ८ साउन– सशस्त्र प्रहरी बलले सिम्रौनगढस्थित नेपाल–भारत सिमा नाकाबाट बरामद गरेको रकम २५ लाख बराबर रहेको हुन्डी कारोवारीहरुले दाबी गरेका छन ।

 

हुन्डी कारोबार गर्नेहरुकाअनुसार सशस्त्र प्रहरी बल बिओपी गोलागन्जको टोलीले सिम्रौनगढ नपा ६ अमरपुरस्थित नहर चौकबाट गत शनिबार भारतबाट ल्याइएको २५ लाख रुपैया बरामद गरेको भएपनि सशस्त्र प्रहरी बल १२ नम्बर गणले १५ लाखमात्र बरामद भएको बताएको छ ।

 

सशस्त्र प्रहरी बल बिओपी गोलागन्जका सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लले शनिबार राति ४ बजे सिमा नाकाबाट प्रहरीले १५ लाख नेपाली रुपैया र केही लत्ताकपडा फालेर भागेको अवस्थामा बरामद गरिएको र बरामदी गरिएको नगद तथा अन्य सामाग्रीको भिडियो बनाएर रेकर्डसमेत राखेको दावी गर्नुभएको छ ।

 

हुन्डी कारोबारी समुहमा सलग्न भारत बिहार घोडासहन निवासी दिपक भन्नेले ल्याएको रकम प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक मल्लले बताउनुभएको छ । उहाकाअनुसार प्रहरीलाई देखेपछि भरियाले टाउकोमा बोकेर ल्याएको सो रकमसहितको पोको फ्याकेर भागेका थिए ।

 

उता हुन्डी कारोबारीले प्रहरीले आफ्नो २५ लाख नेपाली रुपैयाँ र चार बोरा लत्ताकपडा बरामद गरेको दावी गर्दै आएका छन । प्रहरीले बरामद गरेको रकम जनप्रतिनिधिहरुको रोहबरमा स्थलगत रुपमा सार्वजनिक नगरेकाले आशंका बढाएको छ ।

 

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बरामद भएको रकम हिनामिना भएको भए प्रमाण सहित आउनु पर्ने र गल्ति गर्ने प्रहरीमाथि आफुले पनि कारवाही गर्ने बताउनुभएको छ । उपरीक्षक सुवेदीले पनि सशस्त्र प्रहरीले सिम्रौनगढ नाकाबाट १५ लाख नेपाली रुपैया र ३३ हजार मूल्य बराबरको लत्ताकपडामात्र बरामद गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here