काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिगमा बुधवार भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई १–० गोल अन्तरले हरायो । एपीएफका लागि खेलको ३७ औँ मिनेटमा मणि लामाले गोल गरे ।यो जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको आर्मीको ४ खेलबाट ५ अङ्क छ ।यस सिजनको ’ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।


















