बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकामा मोटरसाइकल लुटने प्रयास गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निजगढ वडा नम्बर २ र १ को सीमा क्षेत्रको चौंबाटोबाट मोटरसाइकल लुटदै गर्दा २ जना लुटेराहरुलाई सिगौलस्थित स्थायी प्रहरी चौकीका प्रहरीले शनिवार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा चंद्रपुर नगरपालिका वडा नम्बर ४ टेकनका वर्ष २९ को सागर लामा र सोही पालिका वडा नम्बर १ बस्ने वर्ष २३ को गौरव दर्लामी रहेका छन । उनीहरुले ना.५३ प.२९०१ को टिभीएस मोटरसाइकलबाट निजगढतर्फ जादै गरेका निजगढ २ सिंगौलका वर्ष २५ उमेश थापाको मोटरसाइकल चौबाटोमा रोकेर लुटने प्रयास गरेका थिए ।बा.५६ प. ७५८५ नम्बरको स्कुटीमा आएका लामा र दर्लामीले उमेशलाई हेल्मेटले हानेर मोटरसाइकल लुटने प्रयास गरेको अस्थायी प्रहरी पोष्ट सिंगौलका प्रहरी सहायक निरीक्षक नरेन्द्र यादवले जानकारी दिनुभयो ।लृुटेराहरुले प्रयोग गरेको स्कुटीसहित पक्राउ परेका दुबै जनामाथि थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाइएको प्रहरी सहायक निरीक्षक यादवले बताउनुभएको छ ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले घटनाको बारेमा थप अनुसन्धानज भइरहेको बताउनुभएको छ ।

Leave a Reply