निजगढ,निजगढ नगरपालिका १ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न हेटमेट बिना नै मोटरसाइकल चढेर आउनुभएका बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरीको हेलमेट बिनाको मोटरसाइकलमा चढेको फोटो सामाजिक सन्जाल र न्युज पोटलहरुमा भाइरल भएको छ ।

मन्त्री चौधरी सवार मोटरसाइक चालकले हेल्मेट प्रयोग नगरी मोटरसाइकल हाकेको फोटो सहितको समाचार स्थानीय अनलाइन र सामाजिक सन्जालमा छ्यापछ्याप्ति भएको हो । बहालवाला मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ठुलाबडालाई नछुने हो कि के हो भनेर प्रश्न गरेको भनेर पनि समाचारहरुमा उल्लेख छ ।

मतदाता भेटघाटको क्रममा निजगढबाट सिंगैल जाने क्रममा मन्त्री चोधरी ट्राफिक नियम बिपरित हेलमेट नलगाएका चालकले हाकेको बाइकमा सवार भइरहदा प्रहरीले रोक्नुको साटो उहाँलाई उल्टै सलाम ठोकेको स्थानीयले बताएका छन ।

Leave a Reply