सिमरा,नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका बाराका उपाध्यक्ष बसन्त खतिवडाले पदबाट राजिनामा दिनुभएको छ ।जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय रहदैआउनुभका युनियन बाराका उपाध्यक्ष खतिवडाले शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मूल पार्टी नेपाली कांग्रेसलाई पहिल्यै त्यागी सकेको र शुभेच्छुक संस्था प्रेस युनियनमा पनि अब नरहने जनाउनुभएको हो । उहाँले शुभेच्छुक संस्थाको जिल्ला उपाध्यक्ष भएर काम गरेको हिसाबले पार्टीप्रति आस्था रहे पनि त्यो आस्था अब नरहेको बताउनुभएको छ । ‘मैले आजैका मितिबाट नेपाली कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिउने प्रतिबद्धता गरे ।यसबाट पर्न जाने असहयोगप्रति नेपाल प्रेस युनियन बारा, नेपाली कांग्रेस पार्टीप्रति क्षमा माग्दै आजैदेखि नेपाल प्रेस युनियन बाराको उपाध्यक्ष पद त्यागेको घोषणा गर्दछु ।’ उहाँले लेख्नुभएको छ ।

Leave a Reply