गंजभवानीपुर, १० साउन– पसहा नदीको धारले कटान गरेपछि बाराको कलैया–गंन्जभवानीपुर सडक संकटमा परेको छ ।
बिगत एक हप्ता देखि अविरल भएको बर्षापछि पसहा नदीमा आएको बाढीले दुबैतर्फको किनारा कटान गरेपछि पक्की सडक संकटमा परेको हो ।
सडक नदी कटानमा परेपछि आवतजावतमा कठिनाइ भएको महागढीमाई नपा– १० का वडा अध्यक्ष चन्दन साहले बताउनुभयो । २ बर्ष अगाडि निर्माण भएको कलैया –गन्जभवानीपुर सडक खण्डमा पर्ने पसहा नदीमा तटबन्द नगरिएकाले बाढीले सडक कटान गरेर ठाउँठाउँ खाल्टो बनाएको हो ।
बाढीले सडक भत्काएपछि महागढीमाई नगरपालिकाले कटान रोक्न भन्दै सडकको दुबै तर्फ हाल माटो थुपारेको छ । माटो थुपारेर तत्कालको लागि रोकथाममात्रै हुने भएपनि दीर्घकालीन सुरक्षाको लागि नदीको दुबै किनारमा पक्की तटबन्द गरिनुपर्ने वडा अध्यक्ष साहले बताउनुभयो ।