सिमरा,शहीद थिरबहादुर खड्काको स्मृतिमा स्थापित अन्तर विद्यालय क्रिकेट कपको उपाधि सिमरा पब्लिक स्कुलले उचालेको छ । लोटस एकेडेमी सिमरालाई १३ रनले पराजित गर्दै सिमरा पब्लिकले पहिलो संस्करणको उपाधि उचालेको हो ।सेज क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिमरा पब्लिकले आठ विकेटको क्षतिमा ९१ रन जोडेको थियो । सिमरा पब्लिकका लागि सक्षम यादवले २३ र फरहान अंसारीले २४ रन बनाए । लोटसका बलर अभिशेक साहले दुई विकेट लिए ।

सिमरा पब्लिकले दिएको ९२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लोटस ७८ रनमै समेटियो । लोटसका लागि कप्तान राजा बाबु दासले १३ र जेम्स चौधरीले १२ रन बनाए । लोटसविरुद्ध सिमरा पब्लिकका फरहान अंसारीले चार र आशिष मण्डलले दुई विकेट लिए ।

Leave a Reply