कृष्णउदास खनाल
वीरगञ्ज, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गर्नुभएको छ । उहाँले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गर्नु भएको हो । उहाँले शनिबार विश्वासको मतका लागि समय लिनुभएको थियो तर, मत नपाउने भएपछि उहाँले राजीनामा घोषणा गर्न बाध्य हुनु भएको हो । उहाँले शनिबार नै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेगराउनु भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गर्नु भएको थियो । १०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी अनुपस्थित भएकी थिइन् ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले शािबार सदनमै विद्रोह गरेका थिए ।त्यसपछि आफूले मत पाउने संकट देखेसँगै सोनलले पदबाट राजिनामा दिनुभएको हो । सोनल यसअघि मधेशको भौतिक पूर्वाधार बिकास मन्त्री भइ सक्नुभएको थियो । मधेशमा काँग्रेस र एमालेको गठबन्धनमा सरकार बनाउने प्रयास भएपनि यी दुई दललाई बाहिर राखेर सोनललाई प्रदेशको मुख्यमन्त्री बनाउने दलहरुकाबीचमा सहमति भएपनि बिश्वासको मत लिने बेलामा भने भाँडिएको छ । अब मधेशमा फेरि काँग्रेस,एमालेकै गठबन्धनको सरकार बन्ने संभावना रहेको नेताहरुले बताएका छन् ।

















