नरेश गुप्ता

बरियारपुर – बाराको महागढीमाई नगर क्षेत्रको कृषकलाई सहुलियत दरमा विभिन्न  जातको  धानको बिउ  बितरण  कार्यक्रम  शुरु गरिएको  छ ।  कृषि  ज्ञान केन्द्र  बाराले ५०% छुटमा उपलब्ध  गराईएको  विभिन्न  जातको धानको बिउ  बितरण गर्न लागिएको कृषि  संयोजक  उपेन्द्र जैसवालले बताए ।

 

 

 

 

कृषि  ज्ञान केन्द्र  उप शाखा बरियारपुरले महागढीमाईको वडा १ देखि ११ सम्मको कृषकलाई  १४२४ , सावित्री , कतरनी , बासमती  धानको बिउ  बितरण गर्ने कार्यक्रम  रहेको छ । महागढीमाई नगर क्षेत्रमा बसोबास गर्दै आएको कृषकले वडाको सिफारिस  र नेपाली नागरिकताको प्रतिलिपी  बुझाएमा  विभिन्न  जातको बिउ  उपलब्ध  गराईने भएको कृषि  संयोजक  उपेन्द्र  जैसवालले जानकारी दिए । महागढीमाई नगर क्षेत्रको दुई हजार कृषकलाइ विभिन्न  जातको धानको बिउ  बितरण गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply