नरेश गुप्ता

बरियारपुर –  बारामा एक प्रहरी निरिक्षक सहित थप्प २४ जनामा  काेराेना पुष्टी भएकाे छ । सबैभन्दा  बढी महागढीमाईको क्वारेन्टाइनमा बस्दै आएको  २१ जनामा कोरोना संक्रमण पुष्टि  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाराको महागढीमाई वडा नम्बर ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा बनाईएको क्वारेन्टाइनमा बस्दै आएको ४२ जना मध्ये ३० जनाको स्वाब परिक्षणको लागि किटजन्य रोग अनुसन्धान स्वाब संकलन केन्द्र हेटौंडा पठाईएको महागढीमाई स्वास्थ्य  शाखा प्रमुख बिजय कुशवाहाले जानकारी दिए ।

 

 

चार दिन अगाडि ४२ जना रहेको र पछि १० जना थप्पे संगै महागढीमाईको क्वारेन्टाइनमा हाल ५२ जना बस्दै आएको थियो ।  संक्रमित  २१ जना भारतबाट आएको  र उनिहरु अधिकांश महागढीमाई ८ बेतौवना र  वडा ९ को युवाहरु रहेका छन् । बारामा सोमबार एकै दिन कोरोना २३ जनामा पुष्टि  भएपछी महागढीमाई नपा भित्र सन्त्रास फैलिएको छ । कोरोना पोजेटिभ बांकि दुई जना मध्ये  कलैया उपमहानगरपालिकाको १ जना र एक जना आदर्श  कोतवालको १ जना रहेको छन् ।

 

 

 

महागढीमाईमा बनाईएको क्वारेन्टाइनमा सबैभन्दा  बढी २१ जना कोरोना पोजेटिभ  देखिएपछी  बांकी जनाको स्वाब छिटो चेकजाँच  गर्न कीट उपलब्ध  गराउन नगर प्रमुख  उपेन्द्र  प्रसाद यादवले समबन्धित निकाए संग मांग गरेको छन ।  महागढीमाईको क्वारेन्टाइनमा एकै दिन २१ जनामा कोरोना पोजेटिभ  पुष्टि  भएपछी  महागढीमाई नपाको प्रमुख ब्यापारीक केन्द्र , चौकहरु सिल गर्नु पर्ने वहाले बताए ।

 

 

 

महागढीमाईको क्वारेन्टाइनमा बस्दै आएको  कोरोना  पोजेटिभ युवाहरुको नाम शुचि आएपछि   चाडै आईसोलेसन गर्न ब्यवस्थापन  गर्न बाराको प्रमुख  जिल्ला  अधिकारी  रुद्र प्रसाद पंण्डितले बताउनु भयो । क्वारेन्टाइनमा बस्दै आएको बांकी सबैको स्वाब परिक्षण  गराउने प्रजिअ पंडितले जानकारी दिनु भयो । कोरोना पोजेटिभ भएका पुरुषको सम्पर्कमा आएकोलाई पनि क्वारेन्टाइन  गर्ने  बाराको प्रमुख  जिल्ला  अधिकारी  रुद्र प्रसाद पंण्डितले जानकारी दिनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here