वीरगञ्ज,धरानको जिरोप्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।धरान उपमहानगरपालिका– १३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस श्री कृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यू सभा मेडिलकमा गएर ठोक्किँदा ५ जना यात्रुको घटनास्थलमानै मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन ।घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा धरानका डिएसपी भिषणबाबु राईको कमान्डमा २० जना टोलीले उद्धार तथा अनुसन्धान गरिरहेको थेबेले जानकारी दिनुभयो ।

Leave a Reply