निजगढ,राप्रपा निजगढले निजगढ नगरपालिका वडा नम्बर ६ मा राजु सिग्देलको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।आइतवार भएको राप्रपा कार्यकर्ताहरुको भेलाले गठन गरेको वडा समितिको उपाध्यक्षमा राजकुमार राई, सचिवमा रमेश अधिकारी, कोषाध्यक्षमा माधब अधिकारी, सहसचिवमा सुशिला अधिकारी र सदस्यहरुमा फुलमाया रुम्बा, खसलीमाया मोक्तान, कल्पना एसमाली झाकुटे, निला थापा, ध्रुब राउत, ध्रुब तिमल्सिना, सृजना थापा र पदमबहादुर राउत रहेका छन ।

भेलाले खडगबहादुर आले मगरको संयोजकतवमा १३ सदस्यीय वडा सल्लाहाकार समिति पनि गठन गरिएको राप्रपा निजगढका अध्यक्ष खडगप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, केन्द्रिय सदस्य बिनोदकुमार भारती, पुर्व केन्द्रिय सदस्य साबित्री देवी भारती, मधेस प्रदेश सदस्य बाशुदेव तिमल्सिना, नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नगर सचिव राजेन्द्र सापकोटा, नगर कोषाध्यक्ष शुष्मा बस्नेत, नगर प्रवक्ता केशव राउत, युवक संगठनका नगर अध्यक्ष क्रान्ती दहाल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
त्यसैगरी भेलाले रमा दहालको अध्यक्षतामा १३ सदस्य महिला संगठन पनि गठन गरेको छ ।

Leave a Reply