नरेश गुप्ता
बरियारपुर – पर्साको बिरगंजमा मात्र कोरोना संक्रमितको संख्या मंगलबार  ३९ जना र बारामा १ जना थपे संगै बारामा उच्च  सतर्कता  अपनाई निशेधज्ञा जारी राखेको जिल्ला  प्रशासन  कार्यालय बाराले जनाएको छ । नेपाल सरकारले लगाएको लकडाउनको पालना सर्वसाधारण लगायत सबैमा बैशाख  ३१ गते देखि अति आवश्यक काम बाहेको अन्य कामलाई निशेध  गरिएको  बाराको प्रमुख जिल्ला  अधिकारी  रुद्र प्रसाद पंडितले बताउनु भयो ।
स्थानीय  प्रशासन एन २०२८ को दफा ६ र संक्रामक रोग नियन्त्रण  एन २०२० को दफा २ अनुसार  अति आवश्यक स्वास्थ सेवा , बिधुत , संचार , खानेपानी  , बैंक , खाधान्न , दूध , पानी  , ग्यास , एम्बुलेन्स बाहेक अन्य सवारीसाधनलाई आवतजावतमा ठप्प गरिएको प्रमुख  जिल्ला  अधिकारी  पंडितले बताउनु भयो । कृसिस मैनेजमेन्ट सेन्टरको निर्णय अनुसार यस  जिल्ला र ईलाका प्रशासन कार्यलयमा जारी भएका सिकिस्त  बिरामी  प्रयोजन बाहेक अन्य हस्तलिखी तथा ईपास  बैशाख  ३१ गते देखि खारिज गरिएको छ ।
त्यसैगरी  कोरोना कोभिड १९ को संक्रमण  रोकथाम गर्न  जिल्ला  प्रशासन  कार्यालय बाराले  छिमेकी मितराष्ट्र भारतसंग जोडिएको सिमानाकामा आवतजावत  पुर्ण रुपमा बन्द गर्ने  निर्णय  भएको  बाराको प्रमुख जिल्ला  अधिकारी  रुद्र प्रसाद पंडितले बताउनु भयो । पर्साको बिरगंजमा कोरोना संक्रमित  ३९ जना र बाराको बिश्रामपुर गाउपालिका ४ बलिरामपुरमा थप  १४ बर्षिय एक युवामा कोरोना पोजिटिभ पुष्टि भएकोले बारामा निशेधज्ञा जारी राखिएको  प्रजिअ रुद्र प्रसाद पंडितले बताउनु भयो ।

Leave a Reply