करैयामाई,बाराको बारागढी गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण इकाईको आयोजनामा मंगलबार जेष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले ३० जना जेष्ठ नागरिकहरूको सम्मान गरेको हो ।
गाउँपालिकाका ६ वटा वडाहरूमध्ये वडा अध्यक्षको सिफारिसमा प्रत्येक वडाबाट पाँच÷पाँच जना सिफारिस भइ आएकाहरु मध्येबाट ३० जना जेष्ठ नागरिकहरूको सम्मान गरिएको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, महिला बालबालिका तथा समाज कल्याण इकाई प्रमुख कल्पाना भण्डारी, गाउँपालिकाका विभिन्न वडाबाट आएका वडा सचिवहरूको रोहबरमा जेष्ठ नागरिकहरुलाई १ केजी हर्लिक्स, १÷१ थान छाता र व्याङ्गकेट वितरण गरिएको बारागढी गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूको प्रमुख आतिथ्यता र गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक बेदामी साह कलवारको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, प्रमख प्रशासकीय अधिकृत आमोद चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष कृष्णप्रसाद चौधरी, वडा नं.३ का वडा अध्यक्ष छठु राउत अहिर, गाउँकार्यपालिका सदस्य अछेलाल राम, जेष्ठ नागरिक संघ बाराका सचिव लक्ष्मीप्रसाद चौधरीलगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो ।