कृष्ण मोहन साह

सेढवा – राहत सामग्रीको माग गर्दे जिराभवानी गाउँपालिकाको कार्यालय सर्वसाधारणहरुले आइतबार  फेरि घेराउ गरिएका छन् । जनता समाजबादी पार्टीका क्षेत्रीय संयोजक नेसार समानीको नेतृत्वमा सेढवा स्थित गाउँपालिका कार्यालय घेराउ गरेका छन् । करिब २५० जना अति बिपन्न तथा मजदुरहरुले पर्चा पम्प्लेट सहित नाराबाजी गर्दै गाउँपालिका कार्यालयको अगाडि चर्को घाममै धर्नामा बसेका थिए ।

 

 

 

सरकारले जारी गरेका लकडाउन एक महिना दश दिन बितिसक्दा पनि स्थानीय सरकारले राहत बितरण नगरेकोले बिहान बेलुकाको छाक टार्न निकै कठिनाइ भएको आक्रोश पोखेका थिए । पालिकाको जनप्रतिनिधिहरु सर्वसाधारणलाई राहत बितरणमा काखा पाखा गरेको आरोप लगाउदै गाउँपालिकाको तालाबन्दी गर्ने चेतावनी समेत दिएका थिए । गाउँपालिकाको कार्यालय बन्द भएपनि उपाध्यक्ष उषा देवी थरुनीले सर्वसाधारणहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

 

 

धर्नामा जनता समाजबादी पार्टीका नेता शम्भू यादव, रामचन्द्र महतो तथा अन्य समर्थकहरूको सहभागिता रहेका थिए । जिराभवानी गाउँपालिकाले वडा नं २ का सम्पूर्ण परिवार तथा वडा नं ४ का केही टोलहरुमा राहत सामग्री बितरण गरेका छन् । भन्ने वडा नं १, ३ र ५ मा हालसम्म राहत सामग्री बितरण गरेका छैन् । यस अघि पनि जिराभवानी गाउँपालिका राहत बितरण नगरेकै बिषयमा दुई पटक घेराउ भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here