सिमरा,प्रहरीले पथलैयाबाट लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १ पथलैयाबाट सिन्धुली घर भएका २४ वर्षीय पूर्णप्रसाद दाहाललाई मंगलवार लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट नाइट्रभेट ३ सय ट्याब्लेट सहित फेनारगन, नुर्फिन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आरोपीको साथबाट प्रहरीले १ हजार ६ सय ६० पिस लागुऔषध पनि बरामद गरेको छ । उनी यात्रु बसमा चढेर कलैयाबाट काठमाडौंतर्फ जाँदै थिए ।

Leave a Reply