निजगढ,निजगढ– पोखरिया ४०० केभी विद्युत प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अध्ययन प्रतिवेदन तयार हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणले निजगढ– पोखरिया ४०० केभी विद्युत प्रसारण लाइन तथा सवस्टेसन आयोजनाको आईईई अध्ययन प्रतिवेदन तयार गर्न सरोकारवालसँग रायसुझाव माग गर्दै गत वैशाख ३० गते सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र रायसुझाव उपलब्ध गराउन प्राधिकरणले सरोकारवालसँग आह्वान गरेको हो ।

करिब ६४.४०९ किलोमिटर लम्बाइको निजगढ– पोखरिया विद्युत प्रसारण लाइन तथा सबस्टेसन आयोजना ४००-१३२-३३-११ केभी क्षमताको प्रस्तावित नयाँ निजगढ सबस्टेसनदेखि सुरु भई प्रस्तावित ४०-१३२-३३-११ केभी क्षमताको रमौली सबस्टेसन हुँदै निर्माणाधिन पोखरिया सबस्टेसनमा गई टुगिंने बताइएको छ ।आयोजना अन्तर्गत दुई वटा सबस्टेसन टावर निर्माण, विद्युत मार्गको अधिकार क्षेत्र र अस्थायी भण्डारण तथा शिविरको स्थापनको लागि करिब ३१०.३५७ हेक्टर जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

आयोजनबाट रौतहटको गजुरा नगरपालिका वडा नम्बर २ र ३, फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ११ र बाराको कोल्हवी नगरपालिकाको वडा नम्बर १, ५ र ११, करैयामाई गाउँपालिकाको १, ५, ६ र ७ कलैया उपमहानगरपालिकाको वडा नम्बर १५, २१, २२ र २४ र जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ८, ९, १२, १९ र २० र पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २९, ३१ र ३२, पर्सागढी नगरपालिकाको वडा नम्बर ४, ५, ७ र ८ सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ र जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ तथा पोखरिया नगरपालिकाको वडा नम्बर १ र २ मा प्रभाव पर्न सक्ने सूचनामा जनाइएको छ ।आईईई अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा उक्त क्षेत्रको प्राकृति भौतिक प्रणाली, सांस्कृतिक, प्रणाली र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्छ भन्ने उद्देश्यले प्राधिकरणले सरोकारवालासँग रायसुझाव माग गरेको हो ।

Leave a Reply