वीरगञ्ज,पर्साको विन्दवासिनीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।बिन्दवासिनी गाउँपालिका वडा नं. ३ बस्ने करिमन दास तत्वाका ११ वर्षिया छोरा रामसुरत दास तत्वाको ट्याक्टरबाट खसेर मृत्यु भएको स्थानीयवासीले बताएका छन ।ट्याक्टरमा चढेका बालक रामसुरत गुडिरहेको ट्याक्टरबाट बुधवार दिउँसो ४ बजे खसेका थिए । बालकको शरीरमा ट्याक्टरको चक्काले कुल्चिएको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बिन्दवासिनी गाउँपालिका वडा नं.३ का सुनिल चौरसियाको ना ५ त ४३२५ नम्वरको ट्याक्टरबाट खसेर उनको मृत्यु भएको हो । ट्याक्टर चालक भने फरार रहेका छन् । उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ । बालकलाई कुल्चिने ट्याक्टर सीमा प्रहरी चौकी अमरपट्टीमा राखिएको छ । मृतक बालकको शव पोष्टमाटमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।ट्याक्टर धनी चौरसियासमेत फरार रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बालक जर्वजस्ती ट्याक्टरको क्याबिनमा बस्न खोजेको र चालकले उनलाई ट्याक्टरमा राखेर लैजाने क्रममा खसेर मृत्यु भएको बताइएको छ ।

Leave a Reply