आम निर्वाचन २०७९ को सबै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनको मत परिणाम सार्वजनिक भएसंगै मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीका बिषयमा लुछाचुंडी शुरु भएको छ । नेपाली काँग्रेस ठूलो दल बनेको छ भने यो चुनावमा एमाले दोश्रो र नेकपा माओवादी केन्द्र तेश्रो तथा भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो भएको छ । यो हिसावले सरकार एकल बन्ने संभावना छैन ।
यसका लागि दलीय गठबन्धन हुन आवश्यक छ र अहिले नै एकखालको गठबन्धन पनि कायमै रहेको छ । चुनावमा मिलेर लडेका काँग्रेस, माओवादीबीचको गठबन्धन कायमै रहेको छ र उनीहरुले नै सरकार बनाउने गृहकार्य पनि गरेको देखिन्छ तर प्रधानमन्त्री पद भने सजिलोसंग हात पार्ने संभावना कम छ ।
एमालेले पनि यो बीचमा आफ्नो रणनीतिहरु तय गरेको छ । काँग्रेस र एमाले मिलेर सरकार बनाए त धेरै समस्या थिएन तर अरु दल मिल्दाको समयमा भने प्रधानमन्त्री पद पेचियो भएको र यसमा माओवादीका अध्यक्ष प्रचण्डको दौडधूप बढी देखिन्छ । उनको दौडधूप स्वभाविक भए पनि यसमा कत्तिको सफलता हासिल गर्ने छ यो हेर्नका लागि लागि भने अबको केही दिन कुर्न पर्नेछ ।
















