कृपा संवाददाता
हेटौंडा २७ कार्तिक । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमार सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणाली अनुसार काम नगरेको बताएका छन् । नेपाली कांगेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा गरेको प्रशिक्षण कार्यक्रम समापन गर्दै नेता उपसभापति निधिले वर्तमान सरकारले संवैधानिक व्यवस्था अनुसार काम नगरेको बताए । सरकारको कार्यशैली हेर्दा एकदलीय तानाशाही लाद्ने खतरा रहेको उनको भनाई थियो ।

 

उनले संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगहरुमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबारे प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको प्रष्ट हुने उनको भनाई थियो । उनले यस्ता अधिनायकवादी चरित्रबारे जनतालाई बेलैमा सुचित गर्न प्रशिक्षण कार्यक्रम गरिएको बताए ।

 

 

प्रशिक्षण विभागका प्रमुख समेत रहेका निधिले नेपाली कांग्रेसले अब क्रियाशिल सदस्यहरुका लागि प्रशिक्षण अनिवार्य गरेकाले अब तल्लो तहसम्म प्रशिक्षण संचालन गर्दै सरकारको गलत कार्यबारे कांग्रेसका सदस्य र जनतालाई सुसुचित गर्न आग्रह समेत गरे । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here