अलिक पहिला यो कुरा स्पष्ट थिएन तर अब सरकारले नै औपचारिक रुपमा गोरखाका लखन थापालाई पहिलो शहिद मान्न तयार भएको देखिन्छ । हुन त पछिल्ला दिनमा त नेपालमा शहिदको संरक्षण गर्ने, शहिदको सम्मान गर्ने भन्दा पनि शहिदहरु जन्माउने नेता तथा पार्टीको संख्या बढेको देखिन्छ ।सबैलाई थाहा छ नेपालमा एक सय चार वर्षसम्म राणाहरुको जाहनीया शासन थियो । यी राणहरुका बिरुद्धमा बोल्ने आँट ऊ बेलामा जो कोहीको थिएन तर गोरखाका लखन थापाले कम्तीमा प्रयास गर्नुभएको थियो ।

उहाँको विद्रोहले सफलता हासिल गर्न सकेनन् त्यो फरक पाटो हो तर प्रयास भयो । त्यत्ति बेला थापासंगै कोको मारिए त्यसको हिसाब पनि छैन तर राणाका बिरुद्धमा बोल्ने आँट भयो । पछि नेपालका राजनीतिक दलहरुले यो वा त्यो कारण देखाउदै आन्दोलन गर्न लगाए र जनधनको क्षति भयो । लखन थापाले कल्पना गरेको शासन शैली ढिलै भएपनि नेपालमा अहिले स्थापित छ । यहाँ कुनै एकल परिवारको शासन सत्ता छैन ।

तर, शासनको प्रवत्ति भने फेरिएको छैन । यहाँ अझै पनि राणाकै शैलीमा खोजी खोजी आफ्ना मान्छेलाई ठाउँमा लैजाने नेता तथा पार्टी छन् । झट्ट हेर्दा यो विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओली बाहेक सबैले परिवारवादलाई अंगालेका छन् । नयाँ दलको कुरा अहिलेलाई थांती राख्ने हो भने श्रीमती, छोरा, साली वा साला वा आफन्तको भर्ती नगर्ने दल छैनन् अनि कसरी नेपालबाट राणाहरुको जाहनीय शासनको अन्त्य भयो भनेर गर्व गर्नु ?

Leave a Reply