मनोज शाह

जीतपुर,बिगत लामो समयदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा संचालित सहिद स्मारक ऐकेडेमी विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ ।विद्यालयले वैदिक विधिपुर्वक आफ्नै भवनको शिलान्यास गरेको हो । विद्यालयले कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर ल्याब, कार्यालय र कक्षाकोठा तथा छात्रबास सुविधाको लागि अत्याधुनिक भवन निर्माण गर्न लागेको हो ।शिलान्यास कार्यक्रमअघि भएको पूजापाठ कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष रञ्जन झ, प्रिन्सिपल मालती कुमल, संस्थापक देबी सापकोट र दुर्गा रिजाल सरिक हुनुभएको थियो । साथै विद्यालयका संस्थापक कलिका ढकाल, विजयराज शर्मा र राहुल झा पंडितसमेत उपस्थित रहेको थियो । यस क्षेत्रको पुराना मध्येको एक सो विद्यालय भवनकोे अभावमा लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । निर्माण सम्पन्न भएपछि अब विद्यालय आफ्नै भवनमा संचालन हुने भएको छ ।

Leave a Reply