निजगढ –  सामुदायिक रेडियो प्रशारण संघ बारा जिल्ला समन्वय समिति गठन भएको छ । जिल्लाका सामुदायिक रेडियो संचालकहरुको सोमबार निजगढमा भएको भेलाले रेडियो सिमराका प्रवन्ध निर्देशक अच्युत पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

 

 

 

समितिका सदस्यहरुमा नागरिक एफएम सिमराका बसन्त शर्मा, रेडियो निजगढका गोकुल घोरसाइने र रेडियो मध्य तराईबाट उमेश सुनार सदस्यमा चुनिनुभएको छ । जिल्लामा रहेका सामुदायिक रेडियोहरुको संवद्धन, हकहित र एकता प्रंवद्र्दन गर्ने उद्धेश्यले जिल्ला समन्वय समिति गठन गरिएको संयोजक पौडेलले बताउनुभयो ।

 

 

 

भेलामा सामुदायिक रेडियो प्रशारण संघ, नेपालका महासचिव गोबिन्द देवकोटा केन्द्रीय सदस्य उमेश सुनारलगायतको उपस्थिती रहेको थियो । जिल्ला समन्वय समितिले आगामि माघ २६ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा विश्व रेडियो दिवसको अवसरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ ।

Leave a Reply