कलैया । नेकपा ओली तथा प्रचण्ड माधव समूहले पर्सा नेताहरुलाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । नेकपामा केन्द्रीय सदस्यको रुपमा प्रतिनिधित्व गर्ने निर्मला देवकोटा केपी.ओलीले नेतृत्व गरेको कमिटीमा हुनुहुन्छ ।त्यस्तै उर्मिला अर्याल, नागेन्द्र चौधरी र रामचन्द्र साह प्रचण्ड नेपाल समूहमा पर्नुभएको छ । बालुवाटारमा भएको बैठकले नेकपाका पर्सा अध्यक्ष प्रभू हजरालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।उहाँ ओली समूहबाट चयन हुनु भएको हो । त्यसैगरि संविधान सभाका सदस्य प्रदुम्न चौहान, राजकुमार गुप्ता , जयप्रकाश थारु , डा. बिश्वम्भर शर्मा, बसरुदिन अन्सारी र बिना शर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका जिल्ला अध्यक्ष प्रभू हजराले जानकारी दिनु भयो ।उहाँहरु सबै ओली समूहको केन्द्रीय सदस्यमा चयन हुनु भएको बुझिएको छ । यस्तै बाराबाट सुन्दर बिक लगायतका नेताहरु केन्द्रीय सदस्यमा थपिएका छन् ।

Leave a Reply