राजन कुमार बानिया

पोखरिया – मुस्लिमहरुको महान पर्व रमजानको ईफतारीमा पोखरिया युवा समाजको आयोजनामा हिन्दु र मुस्लिम युवाहरुले संगै रोजा ब्रत बसी रोजा खोली गरेका छन् । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको श्री सिद्धार्थ ईन्टरनेशनल एकाडेमी स्कुलको प्रांगनमा कोरोना भाईरसको माहामारीलाई धपाउन संगै रोजा ब्रत बसी रोजा खोली गरेका हुन । सामाजिक दुरि कायम गरि सो ब्रत बसेका युवा हरुले रोजा खोलेका हुन् ।

 

 

 

 

 

आपसी सदभाव कायम गर्न र भातृत्व दर्शाउनका लागि यस्तो विषम परिस्थितीमा पनि धार्मिक विभेदलाई निर्मुल गर्नुका साथै जोखिमपुर्ण अवस्थाको अन्त्यको कामना गर्दै रोजा खोली गरेको युवा समाज पोखरियाका सुजित गिरीले बताउनुभयो । वडा न. ४ का नौसाद आलम, राकेश महतो, सन्तोष चौहान, महबुल आलम, श्री सिद्धार्थ ईन्टरनेशनल एकाडेमी स्कुलको संचालक तेजप्रताप प्रसाद चौहान लगायतले सँगै बसी रोजा खेलेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here