नौं वर्ष अगाडि आजैको दिन नेपालमा ठूलो भूकम्प गएको थियो । गोरखा भूकम्पको नामले चिनिने सो भूकम्प १९९० पछिको सबैभन्दा ठूलो भूकम्प थियो । करिब सात हजार नेपालीहरुको यो भूकम्पले ज्यान लिएको थियो ।
६ लाख घरहरु भत्किएका थिए भने हजारौं घाइते भएका थिए । तराई मधेसका जिल्लामा यसले धेरै असर नगरेको भएपनि क्षति भने भएकै हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिसंगै केही न केही संदेश भने दिएर गएको छ । यद्यपी नेपालीहरुमा अझै सचेतना भने कमै देखिन्छ ।

मुलतः भौतिक संरचना निर्माणको सवालमा अझै पनि लापारबाही गरेको जस्तो देखिन्छ । सरकारले कडाइ गरेको भए पनि अझै भौतिक संरचनाहरु भूकम्प प्रतिरोधी हुन पर्छ भन्दा यो सरकारका लागि नै भनेको हो कि भन्ने आम मानिसमा परेको छ । कलैया वा वीरगञ्जकै कुरा गर्ने हो भने पनि फेरि गोरखामा गएको जत्रो भूकम्प गएको खण्डमा ठूलो क्षति अहिले पनि हुने अवस्था देखिन्छ ।

त्यसैले पनि गोरखा भूकम्पबाट पाठ सिक्न चैं जरुरी छ । कम्तीमा घर बनाउने विषयमा सचेत हुन आवश्यक छ ।
१९९० मा गएको भूकम्पले पनि केही पाठ सिकाएको थियो तर त्यो पुस्ताको अन्त्यपछि अर्को पुस्ता आएले पनि केहीले लापारबाही गरेका थिए । जसका कारण मानवीय र भौतिक क्षति भएको थियो, २०७२ सालमा । अत नेपालमा जहाँ जतिबेला पनि ठूलो भूकम्प जान सक्ने भएकाले सबै सचेत भएर भूकम्पको सुरक्षामा ध्यान दिन आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here