सरकारले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न लकडाउन गरेको एक महिना पूरा भएको छ । गएको चैत ११ गतेदेखि लकडाउन भएको थियो । पछिल्लोपटक थपिएको लकडाउन यही १५ गतबाट सकिँदै छ । राजधानीमा बसोबास गर्दै आएका अधिकांश नागरिक लकडाउन तोड्दै घर जान थालेका छन् । उपत्यकाबाट बाहिरिने नाका–नाकामा घर जानेको ताँती लाग्न थालेको छ ।यति बेला आफ्ना कार्यकर्तालाई घर पु¥याउन मन्त्रीदेखि सांसद र नेताहरू बसपार्कमै पुग्न थालेका छन् ।

 

 

 

एक त सरकारले कलडाउनमा कडाइ गर्ने भनिरहेको छ भने अर्को्तिर नेताहरू आफ्ना कार्यकर्तालाई घर पु¥याउनुपर्ने भन्दै बसपार्कमै धाउन थालेका छन् । यो क्रम विगत चार दिनदेखि जारी छ । उपत्यकाबाट बाहिरिन खोज्ने जनता नेपाली नै हुन् । कसैलाई पनि भेदभाव गर्नु उचित हुँदैन ।तर, अधिकांश मन्त्री र नेताहरूले आफँ निकटका व्यक्ति वा भोटरलाई छानी–छानी बोलाएर बस चढाएका छन् ।

 

 

अहिले कोटेश्वर, कलंकी, बल्खु, बालाजुलगायतका काठमाडौंका नाकामा घर जाने नागरिकको भीड लाग्न थालेको छ । मानौं, दशैंमा उपत्यका छाडेर घर जाने क्रम जारी रहेको होस् । यसरी आफ्ना कार्यकर्तालाई मात्र घर जाने व्यवस्था गर्दा स्वतन्त्ररूपमा बस्दै आएकालाई समस्या परेको छ । हरेक दिन बेलुका घर जान बसपार्क धाउने गरेका मजदुरलाई नेता आफैंले बसपार्कमा बोलाएका हुन्छन् ।धेरै नागरिकहरु हिडेर नै घर आए । बारा र पर्साका समेत । त्यसैले सरकारले अब यस्ता नागरिकहरुलाई ब्यवस्थित बनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here