निजगढ,निजगढ ६ र ७ स्थितजनश्रृजनशील सामुदायिक वन उपभोक्ता समुहको १०औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।वन समूहको इको पार्कमा आयोजना गरिएको साधारण सभामा समूहका उपाध्यक्ष माधव रिमालले पेस गरेको समूहको भावि कार्यक्रम तथा कोषाध्यक्ष माधव सिग्देलले प्रस्तुत गरेको आयव्याय विवरण सर्वसम्मतिले पास गरेको छ ।

उपाध्यक्ष रिमालको प्रतिवेदनमा वनमा आगलागी र चोरी निकासी नियन्त्रण गर्ने, अति विपन्न वर्गलाई आयमुलक कार्यक्रम संचालन गरेर उनीहरुको आम्दानी वृद्धि गर्ने, समूहको वन क्षेत्रभित्र रहेको आँपको बगैचा, इकोपार्क, बालपार्क, जातेकुना पोखरी र खेलमैदान सरसफाइ तथा स्तरोन्नती गर्ने जस्ता कार्यक्रम समावेश गरिएको छ ।
त्यसैगरी जातेकुनामा थप एउटा पोखरी निर्माण गर्न र हाल रहेको पोखरीको स्तरोन्नतिको तथा पोखरीसम्म पुग्ने सडक ग्रेभलिङ्ग र खहरे खोलाको भोक्सी नियन्त्रणको लागि डिभिजन वन कार्यालय बारासंग रकम माग गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उपाध्यक्ष रिमालले जातेकुनामा २ वटा र तिरतिरे धारामा एउटा ट्रस बनाउने पनि उल्लेख गर्नुभएको छ । समूहका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको सो साधारण सभाको उद्धाटन वडा अध्यक्ष घनश्याम तिमल्सिनाले गर्नुभएको थियो ।कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य दुर्गा कोइराला, गौरीशंकर मावि सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, निजगढ सबडिभिजन वन कार्यालयका रेञ्जर निरज पोखरेललगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र वन उपभोक्ताहरुले बोलेका थिए ।

Leave a Reply