हेटौंडा – प्रदेश नम्बर ३ को कार्यव्यवस्था परामर्ष समितिको वैठकले यही पुस २१ गते वस्ने प्रदेश सभा वैठकमा लैजाने एजेण्डा तय गरेको छ । वैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीका विषयमा भने पुस २२ गते मात्र चुनाव गर्ने निर्णय भएको वैठकमा सहभागि आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो ।
पुस २१ गतेको संसद बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम, प्रदेश प्रमुखको कार्यलयबाट प्रमाणिकरण भएका विधयकको पत्र पढेर सुनाउने, पाँचौ अधिबेशनको विषयमा सवै दलका प्रमुखरुले पाँच अधिवेशनको शुभकामना व्यक्त गर्ने कार्यक्रम परामर्ष समितिको वैठकले निर्णय गरेको जमकट्टेलले वताउनुभयो । त्यसपछी मात्र प्रदेशको नामाकरणका सम्वन्धमा प्रस्ताव माग्ने कार्यक्रम रहने उहाँले वताउनुभयो ।
पुस २१ गतेको वैठकमा के के प्रस्ताव लैजाने भन्ने सम्वन्धी छलफल मात्र भएको नेकपाका प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले वताउनुभयो । राजधानी सम्वन्धी मतदान २२ गते वा पछीको लागि सार्ने विषयमा पनि छलफल भएको पाण्डेले वताउनुभयो । पुस २१ गतेको वैठकपछी मात्र २२ गते राजधानी सम्वन्धी प्रस्ताव पेस गर्ने र मतदानको प्रकृया सुरु गर्ने तयारी रहेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ सहित नेकपाका प्रमुख सचेतक रामेश्वर फूयाल, नेता राजेन्द्र पाण्डे, काग्रेशका राधा घले, पुकार श्रेष्ठ, राप्रपाका रिता माझि लगायतका सवैजसो दलको प्रतिनिधित्व हुनेगरी सहभागिता रहेको थियो ।यसैबीच नेकपा प्रदेश नम्बर–३ को संसदीय दलको वैठक भोली हेटौंडामा वस्ने भएको छ । प्रदेश ३ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा संसदीय दलको वैठक हेटौंडामा वस्न लागेको हो ।
यही पुस २१ गते प्रदेश सभाको वैठक वस्नु भन्दा अगाडी नेकपा संसदीय दलको वैठक वस्न लागेको नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । नेकपाको केन्द्रीय सचिवालय वैठकले प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा तोकेगै नेकपा प्रदेश ३ को संसदीय दलको वैठक वस्न लागेको उहाँले जानकारी दिनुभयो । वैठक एकै दिनमा नसकिने भएकाले दुईदिन सम्म चल्न सक्ने उहाँले वताउनुभयो । संसदीय दलको वैठकमा निर्णय भएपछी मात्र प्रदेश सभामा राजधानी र नामाकरणको विषयमा प्रस्ताव लैजाने तयारी छ ।
उता प्रमुख प्रतिपक्षी दलको बैठक काठमाडौंमा हुने भएको छ । बैठकमा राजधानी र नामाकरणसँगै अन्य विषयमाथि पनि छलफल हुने दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको अधिकार प्रदेश सभालाई छ । आगामी प्रदेशसभा बैठकमा राजधानी र नामको विषयले मूर्तरुप पाउनेछ ।