आइतवार पर्सामा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेजनले तामझामका साथ स्वागत गरेका थिए । कार्यकर्ताहरुले अफ्नो नेताको स्वागत गर्नु खासै अनौठो कुरा त भएन र तराई मधेसमा नेताको अलि बढी नै चाकडी पनि गरिन्छ । चाकडी शब्दको प्रयोग अलिक नमिठो लागे पनि कुरा चाही सत्य हो । केपी ओली, प्रचण्ड वा नयाँ दलकै कुनै नेता पहाडको कुनै जिल्लामा गए भने घाँटीमा थाम्न नै नसकिने माला लगाइदिएको प्राय कतै पनि देखिदैन ।
कतिपय स्थानमा त नेताहरुले माला लगाउन अस्वीकार गर्ने गरेको पनि देखिन्छ । त्यो भनेको चैं चाकडी कम गर भनेर कार्यकर्ताहरुलाई सन्देश पनि दिएको पनि होला । तर मधेसमा यो कुरा लागू भएको पाइदैन । नेता आएपछि कार्यकर्ताहरुलाई चाकडी गर्न भ्याइनभ्याइ नै हुन्छ । र नेताहरु पनि त्यसैमा मख्ख परेर फर्किन्छन ।
केपी कमरेडलाई पनि घाँटीमा थाम्न नसकिने माला लगाइएको छ तर त्यसमा धेरै बहस नहोला तर प्रधानमन्त्री र एमाले अध्यक्षको हैसियतले केपी ओलीले पर्सामा आएर बोल्नुभएका केही कुरा भने बहस गर्न लायक पनि छन । अथवा बहसको विषय हुनुपर्दछ । सरकार फेरबदल मात्रै समस्या समाधान होइन । अहिले पनि जनताले वर्तमान सरकार फेरियोस् भन्ने चाहेका छैनन् । तर केही ठोस काम होस् भन्ने चैं चाहेका छन् ।
एमाले र काँग्रेस जस्ता ठूला दल मिलेर सरकार बनेको पनि ६ महिना भइसकेको छ । यो अवधिमा जनतालाई जसरी सेवा दिनुपर्ने थियो, भ्रष्टचारजन्य क्रियाकलापमा कमी आउनुपर्ने थियो । भ्रष्टचारका फाइलहरु खोलिन पर्ने थियो यसमा कुनै प्रगति भएको छैन । केवल यसो गर्छु र उसो गर्छु भन्दै अनि जनतलाई अलमलाउनेभन्दा उनीहरुको मन जित्ने गरी थप केही काम भएको छैन । अब जनतालाई झुक्काउनेभन्दा पनि काम गरेर देखाउनु पर्ने हो । तर यस कार्यमा खोइ त प्रगति ?

Leave a Reply