नरेश गुप्ता
बरियारपुर – हावाहुरीसंगै आएको असिना र पानीले बाराको मकै र गहु बाली नष्ट गरेपछि त्यसको क्षति बिवरण स्थानिय तहले धमाधम लिदै छ । बैशाख ५ गते बेलुकी आएको हुरि बतासले बाराको विभिन्न स्थानीय तहमा लगाईएको मकै र गहु बालिमा क्षति पुरयाईएको थियो । जिल्ला प्रशासन कार्यालय बाराले हावाहुरी र असिनाको कारण क्षति भएको मकै र गहु बालिको बिवरण जानकारीको लागि बाराको १६ वटै स्थानीय तहमा बैशाख ८ गते परिपत्र गरिएको थियो ।
हावाहुरी र असिनाले बाराको महागढीमाईको वडा न १ देखि ११ सम्ममा लगाईएको मकैबाली र गहु बालिको क्षति बिवरण संकलनको लागि वडा अध्यक्ष र वडा सचीवले आफ्नो कार्य गरिरहेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए । महागढीमाई वडा न १ मा मात्र ३०० सय भन्दा बढीले मकै र गहु बाली क्षति भएको बिवरण पेश गरेको वडा सचीव रामबाबु शार्माले बताए ।
संकलन गरिएको क्षति बिवरण स्थानिय बिपद ब्यवस्थापन समितिले स्वीकृत गरि कृषी ज्ञान केन्द्र बारामा पठाउने र कृषी ज्ञान केन्द्रले आफ्नो मापदण्ड अनुसार नष्ट भएको मकै र गहु बालिको निर्धारण गरि जिल्ला बिपद ब्यवस्थापनमा पेश गर्ने कृषि ज्ञान केन्द्र बाराको प्रमुख जितेन्द्र यादवले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाराले निर्धारण गरेको क्षति बिवरण जिल्ला बिपद ब्यवस्थापन समितिले स्वीकृत गरेपछी मात्र वास्तविक क्षति भएको कृषकले क्षतिपूर्ति पाउने ब्यवस्था रहेको जिल्ला प्रशासन कार्यलय बाराले जनाएको छ । महागढीमाई नगरपालिका वडा न ६ , ७ वडा न ८ , ९ मा सबै भन्दा बढी मकै बाली नष्ट भएको स्थानीय कृषकहरुले जानकारी गराएको छन् ।