नरेश गुप्ता
बरियारपुर – सशस्त्र प्रहरी बल नेपाल न १२ गणले बारा जिल्लाको सिमा क्षेत्रमा उच्च सतर्कता अपनाईएको छ ।जिल्लामा रहेको सम्पुर्ण सशस्त्र प्रहरीको जनशक्ति कोभिड १९ नियन्त्रणको लागि सशस्त्र प्रहरी बल र स्थानीय तहको समन्वयमा उच्च सतर्कता तिब्र बनाईएको सशस्त्र प्रहरी बल १२ नम्बर गणको गुल्मपती दिग बिजय सुबेदिले बताए ।
सिमा क्षेत्रमा व्यापक सुरक्षाक्रमी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी बलले मोबाईल गस्ती मोटरसाइकल गस्ती , साईकल गस्ति गरि बाराको सिमानाकाको गोरेटो बाटो तथा मुख्य सडकहरू निगरानी समिती नै बनाएर स्थानीयहरुले सहयोग गरिरहेका गुल्मपती सुबेदिले बताउनु भयो । नियमित जनशक्ति भन्दा अहिले सिमा सुरक्षाको लागि दोब्बर सशस्त्र प्रहरी बल , नेपाल प्रहरीको टोलि परिचालन गरिएको छ ।
कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्न जिल्लामा हाल हरेक पांच सय मिटर देखि सात सय मिटर सम्म सशस्त्र प्रहरी खटिएका छन ।आवत जावत रोकथाम गर्नु नै सिमा नाकामा खटेको सशस्त्र प्रहरीको प्रमुख दायित्व रहेको गुल्मपती सुबेदिले बताउनु भयो । जिल्लामा ७ वटा बि ओ पि मार्फत कार्य गर्दै आएकोमा अहिले सशस्त्र प्रहरी बलको ११ वटा पोष्ट निर्माण गरि फौज परिचालन गरिएको छ ।
सुबेदिको अनुसार ६० किलोमीटर सिमा रहेको बारा जिल्लाको सिमा दस गंजा क्षेत्रमा मात्र ९० भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । यसको साथै स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत सिमा क्षेत्रमा कोरोना कोभिड्को संक्रमण फैल्न नदिन कार्यक्रम संचालन गर्दै आएको सुवर्ण गाउपालिका कवही गोढ निवासी धर्मबिर यादवले बताए ।
सशस्त्र प्रहरी बलले शुरु देखि नै कोरोना कोभिड १९ को संक्रमण रोकथामको लागि गोलागंन्ज , कवहिगोढ , मटिर्वा ,एकै पटक्न्तीन स्थानमा कोरोना हेल्थ डेस्क स्थापना गरिएको थियो । शनिबार मात्र सिमर्सुनगढ ८ कचोर्वा निवासी बर्ष २८ को राजा यादव फाल्गुन २५ गते भारत गएकोमा भारत बाट नेपाल फर्क्ने बेलामा गोलागन्ज बाट खटेको सशस्त्र प्रहरी बलको फोर्वार्ड टोलिले नियन्त्रणमा लिइ सिमा क्षेत्रको एस एस बिलाई बुझाईएको गुल्मपती सुबेदिले बताउनु भयो ।
त्यस्तै धरानमा काम गर्ने भारत मोतिहारी पुर्वी चम्पारण धर्पा गाउँ निवासी तीन जनालाई दक्षिण झिटकैया बाट खटेको टोलिले नियन्त्रणमा लिई देवताल गापाको क्वारेन्टाइनमा राखिएको छन ।सशस्त्र प्रहरी बलले आफ्नो दायित्व ईमान्दारिपुर्वक गर्दै आएको सुवर्ण गापा ७ सन्तगजको प्रबिण शार्माले बताए । कोरोना कोभिड १९ को संक्रमणको खतरा नेपालमा पनि जोखिम बढ्दै गएकोले सिमानाकामा उच्च सतर्कता अपनाई ठूलो संख्यामा सशस्त्र प्रहरी , नेपाल प्रहरी , नेपाली सेबा परिचालन गरिएको छन ।