बारा –  करैयामाई गांउपालिका वडा नम्बर १ मधुबनका असाय,दलित,गरीब र जेष्ठ नागरीकहरुलाई कम्बल बितरण गरीएको छ । नेकपाका नेता तथा पुर्व मन्त्रि पुरुषोत्तम पौडेलले कम्बल बितरण गर्नु भएको हो । सो अवसरमा पुर्व मन्त्रि पौडेलले जाडोको समयमा आफु सुख दुखको साथी बन्न आएको बताउनु भयो,सबै मिलेर समाजको आर्थीक प्रगतीमा लाग्नु पर्ने समय आएको दाबि उहांको भनाई थियो ।

 

 

 

 

त्यसैगरी नेकपाका नेता एबम जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले जनताका आधारभुत समस्या पुरा नभए सम्म जनतामा लोकतन्त्रको अभास नहुने स्पष्ट पार्नु भयो । बाल बिकास कार्यक्रम कुपण्डोलको आयोजना र कोरीयन सामुदायिक फेलोसिपको सहयोगमा सम्पन्न कम्बल बितरण कार्यक्रममा दसरथ रामको सहजिकरण्मा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरु बिक्रम ठाकुर,धनिराम चौधरी,सुरेस यादब,नारायण घिमिरे,रमेस सापकोटा लगायतको उपस्थिती रहेको थियो । सो अबसर ४० परिवारलाई कम्बल बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here